Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ध्रुर्वे हात्तीले पुनः मच्चाउन थाल्यो आतंक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए।

बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो। उनले भने, 'अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो।'

हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए ।

हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए।

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077