Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

    राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 573
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् ।

    मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गएराति मलेसिया प्रस्थान गरेका हुन् ।



    लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने छन् ।



    उनले पार्टीका वरिष्ठ नेतासमेत रहेका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्ष तोकेका छन्।

    अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार