Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलले भने – आम्दानी नहुँदा गाउँमा मानिस बसेनन्

    राष्ट्रपति पौडेलले भने – आम्दानी नहुँदा गाउँमा मानिस बसेनन्

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 339
    SHARES

    तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउमा रोजगारी र आम्दानी नहुँदा मानिस नबसेको बताएका छन्।

    तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेलले भने,‘गाउँमा बिस्तारै सुविधा पुगेको छ। विकास भइरहेका पनि छन् तर सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही नरहने हो कि जस्तो भएको छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था नै छैन।’



    गाउँमा विकास पुग्न थाले पनि उपभोग गर्ने मानिस कोही नहुने हुन् कि भन्ने चिन्ता देखिएको राष्ट्रपति पौडेलको भनाइ छ।

    उनले गाउँमा बिस्तारै विकास पुगे पनि सम्मानजनक रोजगारीको अवस्था भने नरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार