Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु

सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका परिसरमा तनाव उत्पन्न भएको छ।

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीय नगरपालिका कार्यालय घेराउ गर्न पुगेपछि तनाव उत्पन्न भएको हो ।

निर्माण सम्पन्न हुन लागेको अस्पताल प्रदेशले चलाउने कि नगरपालिकाले भन्ने विषयमा निर्णय गर्न शुक्रबार सर्वदलीय बैठक राखिएको थियो।

बैठक चलिरहँदा स्थानीयहरू नगरपालिका कार्यालय अगाडि पुगेर नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो। साथै त्यहाँ प्रहरी परिचालन गरिएको थियो।

प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। मृततकको पहिचान खुलेको छैन ।

गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य केही व्यक्ति घाइते भएका छन् ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077