Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सहकारीबाट वचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउँछन् : अर्थमन्त्री महत

पाल्पा । अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट वचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताएका छन् ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोहको समुद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।

उनले सहकारीबाट ठगी भएको घटना आइरहेको सन्दर्भमा बचतकर्ता माथि विश्वास घात गर्नेलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताए ।

सदस्यको पसिनाको कमाई दुरुपयोग गर्ने कसैलाई छुट नभएको उनको भनाई छ । उनले सहकारीको नियमक निकाय नहुँदा सहकारीले बैंकको रुप लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077