Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेसियामा रेल दुर्घटना : चारको मृत्यु, ३७ जना घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन् । दुई वटा रेलका कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् ।

घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जनाकारी दिनु भएको छ । घाइतेमध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ ।

इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077