Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबारदेखि बेपत्ता भएका अधिकारीको शव फेला

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका-६ लालभित्ती स्थित कमला नदी किनारामा डुबेको अवस्थामा दुधौली नगरपालिका-१ गिचिहानीका ५३ वर्षीय भीमनाथ अधिकारीको शव फेला परेको हो ।

शुक्रबार दिउँसो साढे तीन बजे खोलामा माछा मार्न पुगेका मानिसहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अधिकारी बिहीबार बेलुकीदेखि घरबाट बेपत्ता भएको थिए । घटना बारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077