Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बरहथवा घटना : मृतकको शव रातभर घटनास्थलमै, कर्फ्यूबारे निर्णय लिन बैठक जारी

काठमाडौं । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ ।

बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनलाई टाउकोमा गोली लागेको छ। स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतीका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर साहको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका छन्।

स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ। कर्फ्यूलाई निरन्तरता दिने कि हटाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077