Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

वर्तमानको सरकारले राम्रो काम गरेन : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले अहिलेको सरकार र प्रमुख पार्टीहरुले राम्रो काम नगरे पनि कोर्स करेक्सन हुने आशा गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति यादवले भने,‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो, गर्न सकिरहेका छैनन् । तर हामी एउटा बाटोमा छौं । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ।’

उनले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने धारणा राखे।

उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077