Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रतिनिधि सभामा असफल सिटौला कांग्रेसबाट राष्ट्रिय सभामा उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर हानिएका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति नभएको स्रोतले बतायो ।

प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभामार्फत पुनः संसद फर्कने तयारीमा छन् ।

उनी राष्ट्रिय सभा अध्यक्षका दाबेदारसमेत हुन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बचन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077