Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 555
    SHARES

    फाइल तस्विर

    काठमाडौं । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

    बा-प्र-०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने रनबहादुर तामाङको मृत्यु भएको हो।



    तामाङलाई काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै टिपरले ठक्कर दिएको थियो ।



    दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

    साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

    टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार