Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका उम्मेदवारको नाम मतदाता नामावलीमा नभेटिएपछि...

महोत्तरी। नेकपा एमालेले मतादाता नामावलीमा नाम नभएपछि मधेसमा उम्मेदवार परिवर्तन गरेको छ ।

एमालेबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि उम्मेदवार परिवर्तन गरिएको हो ।

मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उनको स्थानमा अन्य समूहबाटै विजेता झाले उम्मेदवारी दर्ता गराउने एमालेले जनाएको छ ।

मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077