Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रियल गोर्खा सहकारीका अध्यक्षसहित दुईजना पक्राउ, १२ करोड रुपैयाँभन्दा बढी ठगीको आरोप

काठमाडौं । सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्‍यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्‍य विनोद कुमार ओझा रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत बुधबार पक्राउ गरेको हो । उक्त सहकारीले जोरपाटी र भक्तपुरमा पनि शाखा सञ्चालन गरेको थियो ।

सहकारीमा पैसा जम्मा गरेबापत आकर्षक ब्याज आउने भन्दै उनीहरूले बचतकर्तालाई लोभ देखाएको र पैसा फिर्ता नदिएको आरोप लगाए । बचतकर्ताले पटक-पटक ताकेता गर्दा पनि अध्यक्ष कठायतले पैसा फिर्ता नगरी संस्था नै बन्द गरी फरार भएका थिए ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार बचतकर्ताको जम्मा १२ करोड ३५ लाख ४८ हजार २ सय ९२ रुपैयाँ अपचलन र हिनामिना भएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077