Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योगीहरुबाट डेडिकेटेडको महसुल उठाएरै छाड्छौं : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेडको महसुल उठाएरै छाड्छने बताएका छन्।

संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

निर्देशक घिसिङले भने, ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । त्यो भेरिभाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ ।’

निर्देशक घिसिङले केही उद्योगहरुको टीओडीको डेटा हराएको हुनसक्ने बताए। तर, त्यो डेटा नभए पनि प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्ने पनि निर्देशक घिसिङले बताए ।

सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने निर्देशक घिसिङले बताए । उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ ।

तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077