Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

सिराहा । मिटरब्याज पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा सिराहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास गर्ने रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरे थिए।

साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077