Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच भेट

    राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 480
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सार्कका नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेटवार्ता भएको छ।

    राष्ट्रपति पौडेल र महासचिव सरवारबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।



    भेटमा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको बताए ।



    उनले त्यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा राखे । राष्ट्रपति पौडेलले यस क्षेत्रमा एक दशमलव नौ अर्वभन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको भन्दै जलवायु परिवर्तन न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए।

    सार्क महासचिव सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानाप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार