Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टीआरसी विधेयकमा सहमति नजुटे बहुमतीय प्रक्रियाबाट जाऔं : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले टीआरसी विधेयकमा सहमति नजुटे बहुमतीय प्रक्रियाबाट अगाडी बढ्नुपर्ने बताएका छन् ।

आजको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले उक्त प्रस्ताव राखेका हुन् ।

सचेतक बर्तौलाले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी)लाई सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरे।

सचेतक बर्तौलाले भने, ‘यी विषयहरु हामी सहमतिमा टुंग्याउन सक्छौं, यदि भएन भने बिल निर्माणको आफ्नै प्रक्रिया छ । प्रक्रियामा हामी र हाम्रा भनाइहरु रहन्छन् । यो कुरा म फेरि पनि भन्न चाहन्छु।’

अघिल्लो बैठकमा पनि बर्तौलाले यसै कुरामा जोड दिएका थिए । विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने तर त्यसमा एमालेले अवरोध नगर्ने उनको भनाइ थियो ।

एमालेले अवरोध गरिराखेको छ भनेर प्रचार नगरिदिन पनि उनले आग्रह गरे । आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले आफूहरुले देशका, जनताका, पीडितका र समग्र शान्ति प्रक्रियाको विषय उठाएको भन्दै सचेतक बर्तौलाले त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझ्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077