Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरबीच शिष्टाचार भेट

    राष्ट्रपति पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 408
    SHARES

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरबीच भेटवार्ता भएको छ ।

    आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरले आज राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।



    राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र सङ्घीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको बताए।



    नेपाल र आयरल्यान्डबिच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा पौडेलले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार