Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बारा र लमजुङसहित चार जिल्लाका सिडिओ फेरिए

    बारा र लमजुङसहित चार जिल्लाका सिडिओ फेरिए

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । बिहीबार बारा र लमजुङका सिडिओको सरुवा गरिएको छ ।

    बारामा शशिधर घिमिरे तथा लमजुङमा उमाकान्त अधिकारीलाई खटाइएको छ । दुवै जना गृह मन्त्रालयमा कार्यरत थिए ।



    बारामा नवराज सापकोटा तथा लमजुङमा रामकृष्ण अधिकारी रहेकोमा उनीहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ ।



    सापकोटालाई अवधि नपुगी तथा अधिकारीलाई अवधि पुगेर सरुवा गरिएको हो । केही दिनअघि गुल्मी र खोटाङका सिडिओ हेरफेर गरिएको थियो ।

    केही दिनअघि कृष्ण शर्मालाई गुल्मीमा खटाइएको थियो भने खोटाङको सिडिओमा पवित्र प्रकाश शाहलाई जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार