Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्छौं : राजेन्द्र लिङ्देन

    प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्छौं : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 408
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्ने बताएका छन् ।

    पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताए।



    अध्यक्ष लिङ्देनले भने,‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ । यो असामान्य स्थितिमा ठूला दलहरुले देशका सबै राजनीतिक शक्तिहरुलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपर्ने हो । हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं ।’



    देश निरन्तर आरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने बताए । तर दलहरुले एकपछि अर्को देश हित विपरितका काम गरेकाले राप्रपाले जनदबाव सृजनाका लागि नेतृत्व गर्नु परेको उनले बताए ।

    राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए । गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने अध्यक्ष लिङ्देनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार