Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कंगोमा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापना कार्यका लागि तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संगठन स्थिरिकरण मिशनमा सहभागी नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाई बदली गरिएको हो ।

यसका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिक प्रमुख सेनानी प्रेमप्रसाद पौडेलको नेतृत्वमा संयुक्त राष्ट्र चार्टर्ड उडानमार्फत शुक्रबार काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकको टोली सेनानी कमल थापाको नेतृत्वमा आजै स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077