Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट साइकल यात्री गुणाको मृत्यु

झापा । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-५ निवासी ३२ वर्षीय गुणा राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडक खण्डमा शुक्रबार साँझ ५ः५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल र चालक दीपक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077