Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 546
    SHARES

    झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१० स्थित माइधारमा शनिबार साँझ ६ बजे कार र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।



    मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नम्बरको कार ठोक्किएको थियो।



    त्यस्तै मोटरसाइकलको पछाडि सवार एक जना र कारमा सवार चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा कार चालक बिर्तामोड-३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड-४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड-३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह रहेका छन्।

    त्यस्तै मोटरसाइकलमा सवारको पनि पहिचान हुन बाँकी छ। उनीहरूको बिर्ता सिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै शनिबार दिउँसो ३:५० बजे कमल गाउँपालिका-४ स्थित चुलाचुली मोडमा दुईवटा मोटरसाइकल र एउटा स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोकिँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१६प ७१४० नम्बरको स्कुटर पनि ठोक्किएको थियो।

    दुर्घटनामा परी प्रदेश १-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकल चालक कनकाई-५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार कनकाई-३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार