Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन् : प्रकाशमान सिंह

पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई नम्बर एक पार्टी बनाउन थप मिहिनेत आवश्यक रहेको बताएका छन्।

आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने र नम्बर एक रहिरहने बताए ।

उनले भने, ‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, सबैले राम्रो परफर्मेन्स गरे हामी नम्बर एक रहिरहन्छौं ।’

पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले राम्रो काम गर्दै गएमा कार्यकर्तामा नैरास्यता नआउने पनि बताए। सिंहले मुद्दा विशेषका आधारमा पार्टीभित्र फरक मत देखिनु स्वभाविक भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077