Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालिका बलात्कारको आरोपमा सल्यानबाट १५ वर्षीय किशोर पक्राउ

    बालिका बलात्कारको आरोपमा सल्यानबाट १५ वर्षीय किशोर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 495
    SHARES

    संकेतिक तस्विर

    सल्यान । सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन्।

    शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।



    आफन्त पर्ने किशोरले बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउमा परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

    आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार