Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदै छ ।

योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यले पछिल्लो समय नेपालमा वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

योग, ध्यान र प्रणायाममा नेपाली पनि विस्तारै आकर्षित हुन थालेका छन् ।

योग प्रशिक्षकका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य छ ।

नेपालमा यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077