Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘सम्पर्कविहीन’ इन्स्पेक्टर थापालाई सेवाबाट हटाउने तयारी, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी गरेको छ ।

गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो ।

त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ ।

सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077