Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हाइड्रोजन ग्यासको सिलिन्डर पड्कँदा दुई जना घाइते

झापा । झापाको बेल्स मोडल इङ्लिस बोर्डिङ स्कुल हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका ९७ राधाकृष्ण टोलमा रहेको स्कुलको खेलकुद कार्यक्रमका लागि बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा ५४ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन्।

ग्यास पड्किँदा सहनीको दाहिने खुट्टाको कम्मर मुनिको भाग चुँडिएको र उनलाई उपचारार्थ बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयमा कक्षा ९ मा अध्यनरत बिर्तामोड९७ बस्ने १५ वर्षीया कुसुम तामाङको कानमा समस्या भइ उपचारको लागि अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077