Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मेलम्चीको पानी वितरण सहजीकरणका लागि समिति गठन

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको पानी वितरण सहजीकरणका लागि समिति बनाएको छ ।

गत पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको नेतृत्वमा समिति गठन भएको हो।

समितिको सदस्यमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सिनियर डिभिजनल इन्जिनियर विकेश बधानथ्याचे र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सदस्य दिपेश ढकाल रहेका छन्।

मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077