Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

    चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 552
    SHARES

    एजेन्सी । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् ।

    ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् ।



    प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ। सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो ।



    यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् । मंगलबार सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो ।

    सिसिटिभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो।

    संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् ।

    उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् । उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार