Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डाद्वारा राजीनामाको घोषणा

    न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डाद्वारा राजीनामाको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री‍बाट राजीनामा दिने घोषणा गरेकी छन् ।

    उनले ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्ष योगदान गर्न खास केही बाँकी नरहेको बताउँदै अर्को चुनाव नलड्ने घोषणा पनि गरेकी हुन् ।



    राजीनामा भने आगामी महिना दिने बताएकी छन् । साथै लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने बताएकी छन्।



    उनको कार्यकालको केही समय बाँकी थियो । अर्को निर्वाचनमार्फत् फेरि प्रधानमन्त्री बन्ने अवसर भए पनि आफूले त्यसो नगर्ने बताएकी छन् । उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार