Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आईजीपी र एआइजीको पदावधि घटाउने सहमति

    आईजीपी र एआइजीको पदावधि घटाउने सहमति

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको पदावधि घटाउने सहमति भएको छ ।

    महानिरीक्षकको तीन र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्ने सहमति भएको छ ।



    हाल आईजीपीको चार र एआइजीको पाँच वर्ष रहेको छ । गृह मन्त्रालयले बनाएको नयाँ प्रहरी ऐनको मस्यौदामा पदावधि घटाउने सहमति भएको हो ।



    त्यस्तै, डिआइजीको पदावधि भने पाँच वर्ष र एसएसपी ६ वर्ष नै राखिएको छ । नयाँ ऐनमा वृत्ति विकाससम्बन्धी प्रावधानमा व्यापक हेरफेर गर्न लागिएको छ ।

    ३० वर्षे सेवाहद पनि हटाउने सहमति भएको तर केही प्रहरी अधिकारी त्यसविरुद्ध लागेका छन् । प्रहरी समायोजनका लागि प्रदेश सरकारले दबाब दिएपछि गृह मन्त्रालयले हतारमा नयाँ प्रहरी ऐन ल्याउन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार