Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सरकारलाई निर्वाचन आयोगको निर्देशन – राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनू

    सरकारलाई निर्वाचन आयोगको निर्देशन – राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनू

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 555
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

    निर्वाचन आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसार बुधबार आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।



    मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थल लगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।



    आयोगले राष्ट्रिय सभा निर्वाचन हुने सात प्रदेशका सात जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन सुरक्षा व्यवस्था निर्देशिका २०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याउन निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन भनेको छ ।

    माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार