Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय

    राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात ‘मत क्रस’ गर्नेलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ ।

    बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १२ गते भएको राष्ट्रिय सभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्ने निर्णय गरेको हो ।



    बैठकले कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको बताइएको छ । आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गर्न निर्देशन दिने निर्णय गरेको हो ।



    राष्ट्रिय सभा निर्वाचनका क्रममा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा ‘मत क्रस’ भएको थियो । सुदूरपश्चिममा एमालेको मत गठबन्धनलाई गएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा एमालेले एक सिट मात्र जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार