Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आन्दोलनका लागि राप्रपाले बनायो ज्ञानेन्द्रलाई मूल समितिको सदस्य सचिव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले गर्ने आन्दोलनका लागि मूल समिति सदस्य सचिवमा ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेका छन्।

आन्दोलनका मूल संयोजकसमेत रहेका अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेर काम गर्न प्रमुख सचेतकसमेत रहेका शाहीलाई विभिन्न समितिसँग समन्वय गरी काम गर्ने जिम्मेवारी तोकेका हुन् ।

राप्रपाले बृहत आन्दोलन गर्ने निर्णय गरेको थियो। राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीका लागि आन्दोलनमा होमिने राप्रपाले निर्णय गरेको थियो।

पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय राप्रपाको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077