Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस नेता सिटौलाले भने - गठबन्धन जनताका लागि बनेको हो, दशौँ वर्षसम्म टुट्दैन

ओखलढुंगा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सत्ता गठबन्धनमा अझै केही दशक नटुट्ने दाबी गरेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनको उम्मेदवार रहेका सिटौलाले यस्तो दाबी गरेका हुन् ।

सिटौलाले भने,‘यो गठबन्धन नेताका लागि होइन जनताका लागि बनेको हो । केपी ओलीबाट संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको गठबन्धन अर्को चुनावमा पनि रहन्छ । यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु, हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ ।'

स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष भेटेरै मत माग्ने क्रममा ओखलढुंगा पुगेका सिटौलाले जनताको लागि बनेको गठबन्धन २०८४ को निर्वाचनमा पनि कायमै रहने र यो केही दशक नटुट्ने बताए ।

अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077