Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालतको आदेश

    हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 960
    SHARES

    विराटनगर । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ।

    उच्च अदालतले धरानका मेयर हर्क साम्पाङले बीपी प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको हो ।



    उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएका हुन् । केही दिनअघि साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।



    त्यसको भोलिपल्ट स्वास्थ्यमन्त्रीलाई पत्राचार गर्दै हर्कले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

    साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए । अन्तरिम आदेशसँगै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार