Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच लाख घुससहित पक्राउ परेका मेयरलाई सफाइ

काठमाडौं । पाँच लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालिन मेयर धर्मेन्द्र प्रसाद पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

बिशेष अदातलले शुक्रबार उनको घुस रिसवतको मुद्दामा फैसला सुनाउँदै सफाइ दिएको हो ।

उनले भुक्तानीको क्रममा ठेकदारसँग घुस लिएका थिए ।

दुई लाख ५० हजार नगद र दुई लाख ५० हजारको चेकसहित पक्राउ गरी अख्तियारले मुद्दा दायर गरेको थियो ।

आयोगले उनका सहयोगी अशोक प्रसाद पटेललाई समेत प्रतिवादी बनाएको थियो । दुवै जनाले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077