Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

कामाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर सो बेस स्थापना गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षा बेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077