Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : गण्डकीसँग कोशी प्रदेश २५ रनमै ‘अलआउट’

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश २५ रनमै अलआउट भएको छ ।

मुलपानी मैदानमा भएको खेलमा गण्डकीले दिएको १६८ रनको लक्ष्य पछ्याएको कोशी २५ रनमै अलआउट भएको हो ।

जारी प्रतियोगितामा लगातार छैटौं खेलमा पराजित कोशीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सर्वाधिक रन बनाएका कप्तान अंकित सुवेदीले ८ रन जोडे। कोशीको इनिङ ध्वस्त पार्ने क्रममा गण्डकीका कप्तान विपिन खत्रीले ६ विकेट लिए।

उनले ७ ओभरमा ३ मेडन राख्दा ४ रन मात्र दिए। प्रधानमन्त्री कपम यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो। सन्दीप पराजुलीले ३ विकेट लिन सफल भए भने अंकित न्यौपानेले एक विकेट हात पारे।

त्यसअघि टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकी ४८.२ ओभरमा १६७ रनमा अलआउट भयो। उसका लागि मुस्कान थापाले ६७ रन जोडे।

यस्तै कप्तान विपिन खत्रीले ४२ रन जोड्न सफल भए। बलिङमा कोशीका अभ्यांस तिमिल्सिनाले ६ विकेट लिए। उनले ९.२ ओभरमा २ मेडन राख्दा २३ रन खर्चिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077