Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिभिङ टुगेदरमा रहेकी महिलाको प्रेमीबाटै हत्या, अन्सारी पक्राउ

काठमाडौं । स्वयम्भुको शोभाभगवतीमा महिलाको हत्यापछि भागेर भारत पुगेका एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई पक्राउ गरेको हो ।

शोभा भगवतीमा तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको थियो ।

मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ। भारतको मोतिहारी घर भई काठमाडौंको कालिमाटीमा बस्दै आएका इकराउल हक अन्सारी र मियाँ लिभिङ टुगेदरमा थिए।

घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाहिरबाट ताला लगाएको घरको कोठाभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८/९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि मृतक सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077