Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : बागमतीसँग कर्णाली प्रदेश ७८ रनमै ‘अलआउट’

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको छ ।

बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालको उत्कृष्ट बलिङमा बागमतीले कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा ७८ रनमा अल आउट भयो ।

कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए । निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए ।

बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । कृर्जन गुरुङले २, प्रतिश जि.सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077