Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : मधेसका मयन यादवले प्रहार गरे शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशका मयन यादवले शतक प्रहार गरेका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमविरूद्ध मयनले शतक प्रहार गरेका हुन्। टस जिते पहिले ब्याटिङ् गरेको मधेसका मयनले ११५ रन बनाए।

राष्ट्रिय प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा उनले १२८ बलमा ८ चौका २ छक्का प्रहार गरे। जारी प्रधानमन्त्री कपमा यो छैटौं शतक हो।

यसअघि बागमतीका आशुतोष घिरोइया, कोशीका सुजन थपलिया, त्रिभुवन आर्मीका विनोद भण्डारी, नेपाल एपिएफका सन्दीप जोरा र नेपाल पुलिसका रशिद खानले शतक प्रहार गरेका थिए। आइतबार मयनको शतकसँगै मधेशसले ९ विकेटको क्षतिमा ३१९ रन जोड्यो।

मयनले शतक प्रहार गर्नुअघि मधेसका ओपनिङ ब्याटर अनिल साहले ६९ रन जोडे। पवन सर्राफले ७० रन बनाउदा मधेस विशाल स्कोरतर्फ अघि बढेको थियो।

बलिङमा सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए। विकास अग्रीले २ विकेट लिँदा नारायण जोशी र गजेन्द्र बोहराले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077