Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको पहिलो हार

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो हार ब्यहोरेको छ ।

युवा ब्याटर नरेन भट्टको शतकका बाबजुद पनि सुदूरपश्चिम मधेश प्रदेशसँग ८० रनले पराजित हुन पुगेको हो ।

जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अल आउट भयो ।

सुदूरका नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्।

उनी सुदूरबाट पिएमकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । नरेन बाहेक अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर खडक बोहरा १४, टेक रावत शून्य, किरण ठगुन्ना २०, राजु रिजाल ५, नारायण जोशी २६, गजेन्द्र बोहरा १२, मिलन बोहोरा ७, शेर मल्ल २, नरेन साउद १८ रनमा आउट भए ।

मधेशका राजेश यादवले ६ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले ९।५ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमारले २, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

मधेशको जितमा मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेका थिए । मयनको यो करिअरको पहिलो शतक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077