Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गाजामा इजरायलको बमबारी, ४० जनाको मृत्यु

    गाजामा इजरायलको बमबारी, ४० जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 378
    SHARES

    गाजा । दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ ।

    प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजरायली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको हो ।



    उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन् ।



    गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा एक सय ९० प्यालेस्टिनी मारिएको र तीन सय ४० जना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार