Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : कोशीले कर्णाली प्रदेशलाई दियो १५२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाएको हो ।

कोशी प्रदेशका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका सुजन थपलियाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ७३ रनको योगदान गरे ।

आक्रामक रूपमा प्रस्तुत भएका उनले ७३ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए।

तेस्रो नम्बरका ब्याट्सम्यान आशिष भट्टराई ११ रन बनाउँदै पभेलियन फर्किएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सौजन घिमिरेले १२ रन जोडे।

कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । दुवै ओपनर ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

कोशी प्रदेशले अतिरिक्त रूपमा पनि २२ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले चार विकेट लिए ।

उनले आठ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए । प्रकाश जैसीले पनि तीन विकेट हात पारे । दिवान पुनले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077