काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेलाई सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे जानकारी गराएका छन् ।
मंगलवारको मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएका हुन् ।
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते दिनको ४ बजे आह्वान गर्ने तयारी भएको मंगलवारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।