Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली डलरसहित गोंगबुबाट कमलद्धय पक्राउ, १७० वटा कागज बरामद

काठमाडौं । नक्कली अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा घर भई बौद्ध बस्ने ५० वर्षीय कमल बुढा र पूर्वी नवलपरासी घर भई नेपालटार बस्ने २९ वर्षीय कमल भट्टराई पक्राउ परेका हुन् ।

टोखा नगरपालिका वडा नम्बर १० गोंगबु नर्थ क्याफे नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमबार साँझ नक्कली अमेरिकी डलरको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग नयाँ बसपार्कको टोली खटिएको थियो ।

उक्त टोलीले दुई जनालाई नक्कली अमेरिकी डलरसहित फेला पारेको थियो। प्रहरीले ५० को अमेरिकी डलर जस्तो देखिने १७० वटा कागज बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका दुई जनालाई मुद्रा सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077