Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : मधेशले पुलिस क्लबलाई दियो ९७ रनको लक्ष्य

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ९७ रनको सामान्य लक्ष्य दिएको छ ।

दुई स्पिनर ललित राजवंशी र सागर ढकालको उत्कृष्ट बलिङ सामु कमजोर प्रदर्शन गरेपछि मधेश ९६ रनमा अलआउट भएको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा अल आउट भयो ।

मधेशका कप्तान हरिशंकर साहले ३३ बलमा ४ चौकासहित २२ तथा अरनिको यादवले २६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए ।

अभिषेक तिवारी ११ रनमा नट आउट रहे । मूलपानीको स्पिनर सहयोगी पिचमा मधेशका ब्याटर क्रिजमा टिक्न सकेनन् ।

अघिको खेलमा त्रिवि मैदानमा मधेशले सुदूरपश्चिमसँग ३१९ रन बनाएको थियो । तर मूलपानीमा १ सय रन पनि कटाउन सकेन ।

अनिल साह १, मयन यादव ५, पवन सर्राफ ६, निरज यादव ४ र रुपेश सिंह ५ रनमा आउट भए ।पुलिसका सागर ढकालले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए ।

ललित नारायण राजवंशीले ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । राशिद खानको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077