Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा गण्डकीविरुद्ध अनिलको शतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशका विकेटकिपर अनिलकुमार शाहले गण्डकीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन्।

स्पिनर सन्दीप पराजुलीलाई ३१औं ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन्।

अनिल १०४ बलमा ११ चौका र ३ छक्कासहित १ सय रनमा खेलेका छन् । उनलाई पवन सरार्फले ३२ रनमा साथ दिएका छन् ।

सन् २०१८ मा नेपालको टोलीमा डेब्यू गरेका अनिल २०२२ पछि नेपालको टोलीमा छैनन्। यो शतकले टोलीमा फर्किन उनलाई धेरै राहत मिल्नेछ ।

उनले नेपालको लागि ४ ओडीआई खेल खेलिसकेका छन् । टीयुमा सुदूरपश्चिमविरुद्ध ६९ रन बनाएपनि शतक बनाउने अवसर गुमाएका थिए ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले ३१ ओभरमा २ विकेट गुमाउँदै १६७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077